कृषि विकास बैंक १२ करोड ८९ लाख रुपैयाँ घाटामा, प्रतिसेयर आम्दानी पनि ऋणात्मक

डिसी नेपाल
८ माघ २०७९ १०:००
48
Shares

काठमाडौँ। कृषि विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसंगै खुद नाफा पनि घटेको देखिन्छ। बैंकबैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। बैंकलाई ११ करोड १५ लाख सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ थोरै बढेर ११ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा खुद नाफा घटेसंगै वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि  ऋणात्मक रहेको छ।। बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४३ पैसाले ऋणात्मक रहेको छ।   गत वर्ष यही अवधिमा ईपीएस १९.१० रुपैयाँ रहेको थियो। बैंकको प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८२ पैसा र तरलता अनुपात २४.१० प्रतिशत रहेको विवरणमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.