कांग्रेस नेता डा. शेखर कोइराला समूहको भेला जारी, पछिल्लो राजनीतिक घटनाक्रमा विषयमा छलफल

डिसी नेपाल
८ माघ २०७९ १०:४२
64
Shares

काठमाडौं। मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक जारी छ।

राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छलफलमा कोइराला समूहका सांसद, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरुको सहभागीता रहेको डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।

निर्वाचनपछि कांग्रेस सबैभन्दा ठूलो दल बने पनि सत्ता बाहिर रहनु परेको विषयमा मुख्य गरी छलफल भइरहेको छ। नेतृत्वको अदूरदर्शी निर्णयका कारण कांग्रेस ठूलो दल हुँदा हुँदै पनि सम्पूर्ण सत्ताबाट बाहिर रहनु पुगेको भन्दै कोइराला समूहका नेताहरुले नेतृत्वको आलोचना गर्दै आएका छन्।

आफ्नो गठबन्धनबाट बाहिरिएर एमालेलगायतका दलसँग सत्ता साझेदारी गर्दै पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपनि कांग्रेसले विश्वासको मत दिएपछि नेताहरु असन्तुष्ट बनेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.