सरकारलाई विश्वासको मत दिनु गलत भएको शेखर समूहको निष्कर्ष

डिसी नेपाल
८ माघ २०७९ १३:००
260
Shares

काठमाडौं। नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकले सरकारलाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको छ।

आइतबार काठमाडौंमा बसेको सो पक्षको भेलाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको र अव सदनमा सशक्त प्रतिपक्षीको भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको हो।

सरकारलाई विश्वासको मत दिएपछि अव स्पष्ट रुपमा पार्टीले कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्नेमा अधिकांशको जोड रहेको कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए।

यसअघि गठबन्धन गरेर नै निर्वाचनमा गएको कांग्रेस ठूलो पार्टी हुँदा पनि सरकार बन्ने बेला गठबन्धन टुट्नु कमजोरी भएको उनको भनाइ छ। उनले कांग्रेस प्रतिपक्षीमा बस्ने वा राष्ट्रपति पाउछु भनेर दौडने भन्ने बिषयमा बैठकमा छलफल भएको जानकारी दिए।

आफुहरुको छलफल कसैप्रति लक्षित नभएको र पाटीलाई बलियो बनाएर अघि बढाउनका लागि भएकाले आगामी संसदको बैठक र केन्द्रीय कार्यसमिति बैठक अघि ठोस निष्कर्ष निकाल्ने भण्डारीले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.