हिमालयनमा विलय हुन लागेको सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले बढ्याे
काठमाडौँ। हिमालयन बैंकसँग विलय हुन लागेको सिभिल बैंकले आर्थिक वर्ष २०७९/८० को दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। तर, चालू आर्थिक वर्षमा बैंकको सो नाफामा २६.३९ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ७० लाख रुपैयाँ आर्जन गरेको हो।
समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५३.९० प्रतिशतले बढेर २ अर्ब २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४६ करोड ७४ लाख ४९ हजार रुपैयाँले बढेको छ भने कुल सञ्चालन आम्दानीमा पनि २३.५८ प्रतिशतले बढेर ९० करोड ४९ लाख ९७ हजार रुपैयाँ पुगेको छ।
पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ९६ पैसा रहेको छ। निष्क्रिय कर्जा अनुपात ०.९४ प्रतिशतबाट बढेर २.४१ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २५ करोड २२ लाख ५७ हजार रुपैयाँ छ। सिभिललाई हिमालयन बैंकले एक्वायर गर्ने तयारी गरेको छ।







डिसी नेपाल







Facebook Comment