प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

डिसी नेपाल
१० माघ २०७९ ११:४८
144
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा जसपा र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

दुई नेताबीचको भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका बारेमा पनि छलफल भएको छ। यसअघि नै राष्ट्रपति र सभामुख एमालेले पाउने सहमति भइसकेको छ। सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको राष्ट्रपति बनाउने बताईरहँदा कांग्रेसले पनि राष्ट्रपतिको उमेरद्वार उठाउने निर्णय गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.