कुमारी बैंकको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्रीमा

डिसी नेपाल
११ माघ २०७९ ९:५०
88
Shares

काठमाडौँ। कुमारी बैंकले ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले सेयरधनी मनिलाकुमारी अग्रवालको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

यस संस्थापक सेयरमा सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालमया सम्पर्क गर्न सक्नेछन्।

तोकिएको समयावधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा भने अन्य सर्वसाधारण तथा संघसंस्थालाई सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.