दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट, कुनको कति ?

डिसी नेपाल
११ माघ २०७९ ११:२७
224
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

बुधबारको कारोबारमा सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुई वटै कम्पनीको सेयर भाउ ९.९९ प्रतिशतले बढेर सर्किट लागेको हो।

सूर्याज्योति लाइफ इन्स्योरेन्सको सेयर भाउ ३७ रुपैयाँ ११ पैसाले बढेर ४ सय ८ रुपैयाँ ७० पैसा र सानिमा जीआईसी इन्स्योरेन्सको सेयर भाउ ४४ रुपैयाँ ४० पैसाले बढेर ४ सय ८९ रुपैयाँ पुगेको छ। मार्केट डेपमा यी दुई कम्पनीको सेयर बिक्री माग भन्दा खरिद माग अधिक रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.