गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा रिट निवेदकको बहस सकियो
काठमाडौं। सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ सुरु भइरहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा रिट निवेदकतर्फका वकिलहरुको बहस सकिएको छ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठको संबैधानिक इजलासमा मुद्दामाथि सुनुवाइ भइरहेको छ ।
रिट निवेदकका तर्फबाटअधिवक्ता रबिराज बसौला, अधिवक्ता युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गरेका हुन्। अब गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूले बहस गर्नेछन्।
नागरिकताको वैधतमा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो ।
लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइका लागि गठित इजलासमा बुधबार विश्वम्भरप्रसाद श्रेष्ठ थपिएका छन् भने प्रकाशमानसिंह राउतलाई हटाइएको छ। गत २२ पुसको सुनुवाइमा श्रेष्ठ बिदामा थिए।
यसअघि गत पुस २२ गते अदालतले आजका लागि पेसी नगर्ने मुद्दाका रुपमा राख्न भनेको थियो। उक्त मुद्दामा प्रमाणका आधारमा पक्ष, विपक्ष र सरकारी वकिलको बहसपछि फैसला हुने जनाइएको छ।
अदाललते दिएको यसअघिको आदेशमा भनिएको छ, “अदालतले २०७५ । ३ । ६ मा अध्यागमन विभागमा पेस गरेको कागजात, सो सम्बन्धमा भएको कारबाहीसम्बन्धी कागजात गृह मन्त्रालय वा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालयसमेत जहाँ छ, सो निकायबाट सातदिनभित्र झिकाउनु।” अदालतको आदेशअनुसार सबै कागजात र विवरण अदालतसमक्ष आइसकेको बताइएको छ।
अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीसहितको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध रिट दर्ता गरिएको थियो।







डिसी नेपाल








Facebook Comment