१०.३७ अंकले बढ्यो नेप्से परिसूचक, ३ अर्ब ४६ करोडमाथिको कारोबार

डिसी नेपाल
११ माघ २०७९ १५:१९
72
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १०.३७ अंकले बढेर २१८३.६२ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३० अङ्कले घटेर ४१४.२४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४६ करोड ६५ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेसलन हाइड्रोपावर कम्पनी अग्रिम स्थानमा छ। यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमाल दोलखा हाइड्रो पावर र ग्रीनलाइफ हाइड्रोपावरको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये बैंकिङ्ग र फाइनान्स उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा ग्रीन लाइफ हाइड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था,  सानिमा जीआईसी इन्स्योरेन्स र सुर्यादय बोमी लघुवित्तको सेयर भाउ १० प्रतिशतले बढेको छ।  यी कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। यस्तै, आरबिबी म्युचुअल फण्ड र जानकी फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.