माया खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम मौका

डिसी नेपाल
१७ माघ २०७९ ९:२९
84
Shares

काठमाडौँ। माया खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ। आज बैंकिङ्ग कारोबार समयसम्म लगानीकर्ताले यस आईपीओमा आवेदन दिन पाउने छन्।

कम्पनीले माघ १३ गतेदेखि सर्बसधरंको लागि आईपीओ बिक्री खुला भएको थियो। कम्पनीले जारी पुँजी १ अर्बको २४ प्रतिशतले हुन आउने २४ लाख कित्तामध्ये १० प्रतिशतले हुने २ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ।

कुल निष्कासनमध्ये ५ प्रतिशतले हुन आउने १ लाख २० हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४८ हजार कित्ता कर्मचारीलाई छुट्याईएको छ। बाँकी रहेको १९ लाख ९२ कित्ता सेयर सर्वसाधारणले आवेदन दिन पाउने छन्।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन पाउँछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाबाट तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.