एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ !
काठमाडौँ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १ः०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।
कम्पनीले हकप्रद सेयर जारी गर्न बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। अब एलआईसी नेपालको हकप्रद निष्कासनको कार्य नेपाल एसबिआई मर्चेन्टले गर्नेछ।
धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा लाइफ इन्स्योरेन्स कर्पोरेसनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास र नेपाल एसबिआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन्।
हकप्रद जारी गर्न कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाईसकेको छ। यस्तै, कम्पनीले विशेष साधारणसभाबाट पनि हकप्रद जारी गर्न प्रस्ताव पारित गरिसकेको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतले हुने अर्थात १ः०.८८४५ को अनुपातले हुने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ।







डिसी नेपाल







Facebook Comment