विश्वका शीर्ष १० धनीको सूचीबाट बाहिरिए अदानी, अम्बानी १२ औं स्थानमा

डिसी नेपाल
१७ माघ २०७९ १२:२०
72
Shares

काठमाडौँ। विश्वका शीर्ष १० अर्बपतिको सूचीमा ठूलो फेरबदल भएको छ। लामो समयदेखि यसमा संलग्न भारतीय उद्योगपति गौतम अडानी र मुकेश अम्बानी दुवै अहिले सूचीबाट बाहिरिएका छन्।

जनवरी २४, २०२३ मा, अदानी समूहको सम्बन्धमा अमेरिकी अनुसन्धान फर्म हिन्डनबर्गले रिपोर्ट प्रकाशित गरेपछि, गौतम अडानीको नेतृत्वका कम्पनीहरूको शेयर भाउमा तीव्र गिरावट आयो यसको असर उनको नेटवर्थमा यस्तो पर्यो कि उनी हप्ता दिनमै धनीहरूको सूचीबाट बाहिरिएका छन्।

हिन्डनबर्गको रिपोर्ट प्रकाशित भएसंगै गौतम अडानीको नेटवर्थमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट आएको छ। यो प्रतिवेदन प्रकाशित भएको एक साता मात्र भएको छ र ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानीको कुल सम्पत्ति ८४.४ बिलियन डलरमा झरेको छ। यो नेटवर्थमा उनी संसारको ११ औं धनी व्यक्ति भएका छन्।

बिजनेश टुडेका अनुसार यो नेगेटिभ रिपोर्ट आएदेखि अदानी समूहको शेयर बजारमा सूचीकृत सातवटै कम्पनीको सेयरमा आएको गिरावट आइरहेको छ। गिरावट आएसंगै अदानी समूहका कम्पनीको कुल बजार पुँजी तिन दिनमा ५.५ लाखले घटेको छ।

पछिल्लो चार दिनमा अदानी टोटल ग्यास र अदानी ग्रीन इनर्जीको सेयरमा २० प्रतिशतसम्मको गिरावट आएको छ। यसबाहेक अदानी पोर्ट्सदेखि अदानी विल्मारसम्मको शेयर बजारमा सूचीकृत उनका कम्पनीको सेयर नराम्ररी बिग्रिएको छ र यो घट्ने क्रम जारी छ।

अमेरिकाको फरेन्सिक वित्तीय अनुसन्धान फर्म हिन्डनबर्गले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ। यसमा उनी अदानीको कम्पनीमा सर्ट पोजिसनमा रहेको बताइएको छ। प्रतिवेदनले अदानी समूहका सबै कम्पनीहरूको ऋणमा पनि प्रश्न उठाएको छ।

प्रतिवेदनमा अदानी समूहका ७ ठूला सूचीबद्ध कम्पनीहरु ८५ प्रतिशतभन्दा बढी मूल्याङ्कन भएको दाबी गरिएको छ। हिन्डनबर्ग रिसर्चको पछिल्लो रिपोर्टमा अदानी समूहलाई ८८ प्रश्न सोधिएको छ। यो प्रतिवेदनले भारतीय लगानीकर्ताहरूको भावनालाई परिवर्तन गर्यो। तर, अदानी समूहले यसलाई आधारहीन भनेका छन्।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको पछिल्लो तथ्यांक अनुसार रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वका धनी व्यक्तिको सूचीमा १२ औं स्थानमा पुगेका छन्। उनको कुल सम्पत्ति ८२.२ बिलियन डलर छ। दुवै भारतीय उद्योगपतिको नेटवर्थमा केही फरक रहेको छ। गौतम अडानी र मुकेश अम्बानीको सम्पत्तिमा अहिले २.२ बिलियन डलरको अन्तर छ। गत वर्ष २०२२ मा गौतम अडानी विश्वका धनी व्यक्तिहरूको तुलनामा सबैभन्दा बढी कमाउने व्यक्तिको रूपमा उभिएका थिए।

एकातिर गौतम अडानी गत वर्ष २०२२ मा सबैभन्दा बढी सम्पत्ति बनाएर चर्चामा थिए। यसैबीच, यो वर्षको पहिलो महिनामा सबैभन्दा बढी सम्पत्ति गुमाउनेमा अदानी समूहका अध्यक्षको नाम शीर्ष स्थानमा आएको छ। एक महिनाभित्रै उनले ३६.१ बिलियन डलर गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.