१५.७४ अंकले घट्यो नेप्से परिसूचक, हाइड्रोपावरबाहेक सबै उपसूचक राताम्मे

डिसी नेपाल
१७ माघ २०७९ १५:२०
52
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ अङ्कले घटेर ४००.६० बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा रिडी पावर अग्रिम स्थानमा छ। यसको आज १९ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा लुम्बिनी जनरल इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये हाइड्रोपावर उपसुचक बढेको छ भने बाँकी सबै उअपसुचक राताम्मे भएको छ। आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, प्राइम लाइफ इन्स्योरेन्स र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.