अर्को बैंकको एटीएमबाट रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने
काठमाडौं। एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ। यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो।
बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोबाइल (एप) वा इन्टरनेट बैंकिङमार्फत इन्टर बैंक फण्ड ट्रान्सफर गर्दा प्रतिकारोबार अधिकतम १० रुपैयाँसम्म सेवा शुल्क लिन सक्ने व्यवस्था पनि राष्ट्र बैंकले गरेको हो।
यसअघि प्रतिदिन ५० हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था थियो भने अब प्रतिदिन २ लाख रुपैयाँसम्म वालेटबाट अन्य बैंकको खातामा पनि पठाउन सकिनेछ।
यस्तै एकदिनमा २५ हजार रुपैयाँसम्म मात्रै पठाउन सकिने व्यवस्था थियो भने त्यसलाई बढाएर प्रतिदिन ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको बैंकले जानाएको छ।







डिसी नेपाल







Facebook Comment