बुधबार ५ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?
काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment