भारतीय बजेट: भुटानलाई २४ अर्ब, नेपाललाई ५ अर्बमात्र

डिसी नेपाल
१८ माघ २०७९ १४:४६
456
Shares

काठमाडौं। भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड नेपाली रुपैयाँसहयोग गर्ने घोषणा गरेकी छिन्।

बुधबार संसद भवनमा बजेट पेश गर्दै वित्त मन्त्री सीतारमणले  २ अर्ब भारतीय रुपैयाँ घटाएर पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ सहयाेग गर्ने घोषणा गरेकी हुन्। गत वर्ष नेपाललाई सात अर्ब ५० करोड भारु अर्थात १२ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने बजेटमा समेटिएकाे थियाे।

वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ  बजेटमा भुटानलाई २४ अर्ब रुपैयाँ सहयाेग गर्ने उल्लेख गरेकी छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.