सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब ७६ करोडमा सिमित

डिसी नेपाल
१८ माघ २०७९ १५:१५
56
Shares

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक ४.९७ अंकले बढेर २११६.६५ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ अङ्कले बढेर ४०१.१६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ५० लाख २४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेपाल बैंक अग्रिम स्थानमा छ। यसको आज ५ करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा रिडी पावर र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये ५ उपसुचक घटेको छ भने बाँकी सबै उअपसुचक बढेको छ। आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था र सिद्धार्थ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, एनआईबिएल समृद्धि फण्ड र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.