राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

डिसी नेपाल
१८ माघ २०७९ २१:१०
308
Shares

काठमाडौं। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ। संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गरेका हुन्।

निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ। रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ।

रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ।

आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.