सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम मौका
काठमाडौँ। सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीको यस आईपीओमा बैंकिङ्ग कारोबार समयसम्म आवेदन दिन पाउने छन्।
कम्पनीले माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्रीखुला गरेको थियो। जसमा बैदेशिक रोजगारमा रहेका नेपालीले अव्दन दिने मिति सकिसकेको छ भने आयोजना प्रभावित स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको छ।
स्थानीयहरुको लागि जारी गरेको ३३ लाख ३२ हजार ५०० कित्ता आइपिओमा आयोजनाबाट अतिप्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फत्ताङलुङ गाउँपालिका वडा नं. १ तथा मिवाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने नेपाली नागरिकलाई ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशतले हुन आउने १९ लाख ९९ हजार ५०० कित्ता आईपीओ जारी गरिएको छ।
यस आईपीओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्नेछ। आयोजना प्रभावित स्थानीय बासिन्दाले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीयले ताप्लेजुङको फुङलिङस्थित सानिमा बैंक तथा लक्ष्मी बैंक र सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment