रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकले सन्चो हस्पिटलमा विशेष छुट पाउने

डिसी नेपाल
१९ माघ २०७९ ९:२६
36
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटल प्रा.लि. हेटौडाबीच मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता भएको छ।

उक्त सम्झौता पश्चात रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहक तथा बीमितहरुले हस्पिटलको प्रयोगशाला सेवा ,एक्स रे,  ECG , ECHO लगायत सेवाहरूमा बिशेष छुट पाउनेछन ।

सम्झौता कार्यक्रममा अंडरराइटिङ विभाग प्रमुख एकराज पाठक, एरिया मेनेजर सुर्य गिरी लगायत सन्चो हस्पिटलका तर्फबाट मेनेजर अशोक कायस्थको उपस्थिति रहेको थियो।

रिलायन्स इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न जिल्लामा मेडिकल इन्स्योरेन्स तथा अंडरराइटिङको लागि स्थानीय स्वास्थ संस्थाहरुसंग सम्झौता गर्ने कार्यलाई निरन्तरता दिंदै गईरहेको छ।

रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १२४ शाखा बिस्तार गरी जीवन बीमा क्षेत्रमा उल्लेख्य सेवा प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.