कामना सेवा विकास बैंकका सीइओ बस्नेतसहित चार जना पक्राउ

डिसी नेपाल
१९ माघ २०७९ ९:४९
672
Shares

काठमाडौँ। कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सहित चार जना पक्राउ परेका छन्। प्रहरीले कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा सीइओसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रवीण बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन्। पक्राउ परेकाहरुमाथि बैंकिङ कसूर सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपाल राष्ट्र बैंकले ३२ करोड रुपैयाँ ऋण अपचलन भएको भन्दै थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई पत्र पठाएको थियो। पत्र प्राप्त गरेपछि मात्र झापाकाे इलाका प्रहरी कार्यालय दमकले सीइओ बस्नेतसहित कर्मचारी, भ्यालुएटर र ऋणीलाई पक्राउ पूर्जी जारी गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.