२० हजार करोडको एफपीओ लिए फिर्ता, लगानीकर्तालाई बुझाउन आफै अगाडि आए अडानी 

डिसी नेपाल
१९ माघ २०७९ १०:४३
64
Shares

काठमाडौँ। अडानी समूहले बुधबार आफ्नो प्रमुख कम्पनी अदानी इन्टरप्राइजेजको २ हजार करोड रुपैयाँको फलो-अन पब्लिक अफर (एफपीओ) फिर्ता लिएको छ।

यसपछि अदानी समूहका अध्यक्ष गौतम अडानी आफै अगाडि आएर लगानीकर्तालाई बुझाएर एफपीओ फिर्ता लिनुको कारण पनि बताएका छन्। २० हजार करोडको यो एफपीओ जनवरी २७ मा सदस्यताको लागि खोलिएको थियो र पूर्ण रूपमा सदस्यता लिए पछि जनवरी ३१ मा बन्द गरिएको थियो।

गौतम अडानीले भने,’सदस्यता लिएर बन्द भएको एफपीओ मंगलबार यसलाई फिर्ता लिने निर्णयले धेरै जनालाई आश्चर्यचकित परेको हुनुपर्छ। तर हिजोको बजारको उतारचढावलाई हेर्दा बोर्डले एफपीओ अगाडि बढाउनु नैतिकताको दृष्टिले सही नहुने महसुस गरेको छौँ।’

‘ सेयर बजारको उतारचढावलाई मध्यनजर गर्दै लगानीकर्ताको हित संरक्षण गर्नु कम्पनीको उद्देश्य हो। त्यसकारण हामी एफपीओबाट प्राप्त रकम फिर्ता गरी यससँग सम्बन्धित कारोबार अन्त्य गर्न लागेका छौं।’ अडानीले भनेका छन्, ‘ मेरो लागि लगानीकर्ताको चासो सर्वोपरी हो। त्यसैले लगानीकर्ताहरूलाई सम्भावित नोक्सानबाट जोगाउन हामीले एफपीओ फिर्ता लिएका छौं। यस निर्णयले हाम्रा वर्तमान कार्यहरू र भावी योजनाहरूमा कुनै प्रभाव पार्ने छैन।’

गौतम अडानीले भने,’उद्यमीका रूपमा ४ दशकभन्दा लामो मेरो विनम्र यात्रामा सबै सरोकारवालाहरू, विशेषगरी लगानीकर्ता समुदायबाट अतुलनीय सहयोग प्राप्त भएको छ। मैले जीवनमा जे थोरै पनि हासिल गरेको छु त्यो उहाँहरुको विश्वासको कारणले भएको हो भनी स्वीकार गर्नु मेरो लागि महत्त्वपूर्ण छ। मेरो सफलताको श्रेय म उहाँलाई नै दिन्छ।’

बुधवार अदानी इन्टरप्राइजेजको शेयर २८.५ प्रतिशतले घटेर २,१२८.७० रुपैयाँमा बन्द भयो। अदानी इन्टरप्राइजेजले रु ३,११२ देखि रु ३,२७६ को प्राइस ब्यान्डमा शेयर बेचेको छ। अदानी इन्टरप्राइजेजको सेयर ५२ हप्ताको उच्च बाट ४९ प्रतिशतले तल झरेको छ। यसको स्टक एक हप्तामा ३७ प्रतिशत भन्दा बढी झरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.