‘प्रेम आचार्य’ बारे नुन चिनी पानीको गीत सार्वजनिक (भिडियोसहित)

डिसी नेपाल
१९ माघ २०७९ २१:४६
236
Shares

न्युयोर्क । अहिले अनेक समस्या देखाउँदै विभिन्न व्यक्तिहरुले आत्महत्या गरेका समाचारहरु धमाधम आइरहेका छन्। जस्तो सुकै समस्या भएपनि जुध्नको साटो देहत्याग गर्नु कायरता मात्र हैन अपराध पनि हो।

त्यस्तै घटनाका एक पात्र हुन् प्रेम आचार्य। इलाम कन्याम घर भएका उनी प्रेम आचार्यले नयाँ बानेश्वर स्थित संसद भवन अगाडी आफैंले आफ्नो शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे।

उनको यस्तो अप्रिय निर्णयलाई धेरैले कायरताको एक नमुना त भने तर उनले आफैंलाई जलाउनु अघि लेखेको लामो पत्रले भने एउटा फरक तरंग नै ल्याईदियो।

उनले आफ्नो जीवनकालमा भोग्नु परेका अनेक अनेक समस्या, ती समस्याका कारण, कारणले उब्जाएका परिणाम, परिणामले हरेक व्यक्तिमा पार्ने असर बारे एउटा पाठ नै सिकाइदिए।

राज्य संयन्त्रको अस्तव्यस्तता , समाजिक संरचनाका अप्ठ्याराहरुको फेहरिस्त नै राखिदीए। सो पत्रले देश बिदेशका नेपालीलाई रुवायो मात्र हैन बेथितिहरुको पर्दा खोलिदियो।

सोही पत्रका आधारमा नुन चिनी पानी अमेरिकाका कलाकारहरुले दासढुंगा काण्डको लयमा एउटा सन्देशमुलक सृजना बाहिर ल्याएका छन्। सो प्रस्तुतिमा प्रेमले लेखेका बिषयहरुलाई समेटिएको छ।

भित्र नेता भुक्दै थिए ,बिकास गर्ने निहुँमा
बाहिर उनले आगो लाए आफ्नै जिउमा।

युवाहरु बिदेश जान, किन रैछ बाध्यता
प्रेम जीले खोलिदिए एक एक सत्यता।

गरिखान गारो रैछ, कोशी होस् कि कर्णाली
भ्रष्टहरुले चलाएको शासन प्रणाली ।

स्वस्थ शिक्षा सुधार गर्छौं, उपचार रोगीको
भन्ने कुरा नारा मात्र नयाँ जोगिको।

खबरदारी गरिरनुस्, माथि स्वर्ग गएर
श्रद्धाञ्जली अर्पण गर्छौं भावुक भएर।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.