सन्दीप विरुद्धको सर्वोच्च अदालतमा आज पहिलो सुनवाई

डिसी नेपाल
२० माघ २०७९ ६:३२
124
Shares

काठमाडौं। नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाई आज हुने भएको छ।

नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीप बिरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा दिएको निवेदन दिएको थियो। जसमाथि आज पहिलो सुनुवाइ हुने भएको हो।

गत मंगलबार सन्दीपलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नु पर्ने माग गर्दै दिइएको निवेदनको पेशी आज तोकिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सन्जीवराज रेग्मीले बताए।

उच्च अदालतको आदेश पछि रिहा भएका सन्दीपलाई पुन: नेपाली क्रिकेट मैदानमा ल्याउने नेपाल क्रिकेट संघको निर्णय भएको पर्सिपल्ट अर्थात आज शुक्रबार सर्वोच्चमा पहिलो सुनवाई हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *