शुक्रबार बढ्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२० माघ २०७९ ९:००
84
Shares

काठमाडौं। शुक्रबार अमेरिकी  डलरको भाउ बढेको छ।  नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गर्दै मेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा कारोबार भइरहेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ३८ पैसामा कारोबार रहेको थियो।

युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ०९ पैसा र बिक्रीमा १४४ रूपैयाँ ७५ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १६२ रूपैयाँ ३१ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९३ रूपैयाँ ३७ पैसा र बिक्रीमा ९३ रूपैयाँ ७९ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६६ पैसा र बिक्रीमा ९९ रूपैयाँ १२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रूपैयाँ १२ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रूपैयाँ १२ पैसा पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ७१ पैसा र बिक्रीमा ३५ रूपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ १७ पैसा र बिक्रीमा ४३० रूपैयाँ १४ पैसा र बहराइन दिनार एकको खरिददर ३४७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३४९ रूपैयाँ ९७ पैसा पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.