नेकपा एमाले महोत्तरीको विवाद उत्कर्षमा

डिसी नेपाल
२० माघ २०७९ १२:३४
20
Shares

महोत्तरी। नेकपा एमाले महोत्तरीको विवाद उत्कर्षमा पुगेको छ। निर्वाचनमा आफ्नो उम्मेदवारलाई सहयोग र असहयोग गरेको बिषयलाई लिएर एमाले महोत्तरीमा विवाद चुलिएको हो।

रामगोपालपुरमा जिल्ला कमिटीको बैठक बसेसँगै दुई पक्षवीच आरोपप्रत्यारोप चलेको छ। प्रदेशसभामा निर्वाचित संसद शारदादेवी थापाले जिल्ला कमिटीको बैठकमा जिल्ला र प्रदेशका नेताहरुलाई कारबाहीका लागि सिफारिस गरेकी थिइन्।

निर्वाचनमा विपक्षी दलसँग मिलेर असहयोग गरेको आरोप लगाउँदै क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेतसहितलाई कारबाहीको सिफारिस गरेपछि महोत्तरी एमालेको विवाद चरमोत्कर्षमा पुगेको हो।

थापाले लगाएको आरोपलाई शंकर महतोले पनि साथ दिएका छन्। महतो एमाले प्रवेश गर्नुपुर्व माओवादी केन्द्रका उपमाहासचिव तथा पुर्व मन्त्री गिरिराजमणि पोखरेलको सचिवालयमा बसेर काम गरेका नेता हुन्।

महोत्तरी-१ बाट संघमा र बाँकी २ ठाउँमा प्रदेश संसद जितेको नेकपा एमालेको विवाद क्षेत्र-१ बाट नै सुरु भएको छ। एमाले उम्मेदवारहरुले जिते पनि सांगठनिक मत भने पार्टीइतरका उम्मेदवारलाई गएको निर्वाचित जनप्रतिनिधिहरुको बुझाइ छ।

यही विषयलाई लिएर शारदादेवी थापा पक्ष क्षेत्रीय इन्चार्ज केदारबहादुर बस्नेत पक्षमा खनिएको छ। जिल्ला कमिटीको बैठकमा थापालाई हराउन पार्टीभित्रैबाट फाल्गुन सुस्लिङ मगरलाई बागी उम्मेदवार बन्न उक्साएको, गुट सिर्जना गरेर छुट्टै भेला गरेको, केन्द्रीय सदस्य बुधिनिदेवी र बस्नेतले छुट्टै बैठक बसी पार्टी उम्मेदवारलाई हराउन भूमिका खेलेको जस्ता आरोपसहित इन्चार्ज बस्नेतको बिषयमा प्रदेशमा ध्यानाकर्षण गराइएको छ।

प्रदेश कमिटी सदस्य चन्द्रबहादुर क्यापछाकी निर्वाचन अवधिभर निष्क्रिय रहेको विषय पनि बैठकमा उठाइएको छ। नेता क्यापछाकीको भूमिकासमेत शंकास्पद रहेको भन्दै प्रदेशलाई ध्यानाकर्षण गराइएको छ।

जिल्ला कमिटी सदस्य कुमार भण्डारीको जिम्मेवारीलाई लिएर पनि समीक्षा बैठकमा आलोचना भएको छ। पार्टीका उम्मेदवारविरुद्ध नै सार्वजनिक ठाउँमा गलत अभिव्यक्ति दिएर पार्टी हराउने अभियानमा लागेको, पार्टी प्रचारप्रसार समितिलाई विपक्षीहरुसँग मिलेर आक्रमणको प्रयास गरेकोजस्ता उनीमाथि आरोप लागेका छन्।

केन्द्रीय अध्यक्ष केपी ओलीनिकट मानिने गुरु भट्टराईमाथि पनि आफ्नो पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको आरोप लागेको छ। विवाद बढ्दा जाँदा आगामी १५ चैतमा हुने भनिएको जिल्ला अधिवेशन अन्योलग्रस्त बनेको नेताहरु बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.