आइतबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
२२ माघ २०७९ ९:०६
112
Shares

काठमाडौं। आइतबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रूपैयाँ २३ पैसामा कारोबार भइरहेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्रीदर १३१ रूपैयाँ ७८ पैसामा कारोबार रहेको थियो।

युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ८० पैसा र बिक्रीमा १४३ रूपैयाँ ४६ पैसा कायम गरिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६० रूपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रूपैयाँ ७७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिदमूल्य ९२ रूपैयाँ २४ पैसा र बिक्रीमा ९२ रूपैयाँ ६७ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रूपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ८० पैसा र बिक्रीमा ३५ रूपैयाँ ९७ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३४ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९७ पैसा पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिदमा ४२८ रूपैयाँ २८ पैसा र बिक्रीमा ४३० रूपैयाँ २५ पैसा र बहराइन दिनार एकको खरिददर ३४६ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३४८ रूपैयाँ ११ पैसा पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.