समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस सेयर र नगद कति ?
काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश गरी कुल १८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले हाल कायम चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँको १५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ११ हजार ६२८.८० रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने १ करोड २ लाख ८३ हजार ३२५.७६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
साबिक समत लघुवित्त र घरेलु लघुवित्त आपसमा गाभिएर २०७८ वैशाख २ गतेबाट एकीकृत कारोबार सुरु भइसकेकोले लाभांशमा लाग्ने कुर छुटको व्यवस्था रहेकोले लाभांशमा लाग्ने करबापतको रकम नछुट्याइएको र उक्त मितिभन्दा पछि सेयर खरिद गर्नेले भने लाभांशकर नियमाअनुसार भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।







डिसी नेपाल







Facebook Comment