टर्कीमा भूकम्पः प्रधानमन्त्री दाहालद्वारा दुःख व्यक्त
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्कीमा आएको भूकम्पमा परी दर्जनौँ नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
उनले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा समवेदना प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
स्थानीय समयअनुसार आज बिहान ४ः१७ बजे टर्कीको दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै ७.८ म्याग्निच्युडको भूकम्प गएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
टर्कीमा आएको विनासकारी भूकम्पमा परी दर्जनौं नागरिकको मृत्यु भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दछु। मृतकहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै नेपाल सरकार र नेपाली जनताको तर्फबाट शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दछु।
— ☭ Comrade Prachanda (@cmprachanda) February 6, 2023







डिसी नेपाल








Facebook Comment