रेमिट्यान्स कम्पनीहरुले महिना सकिएको ७ दिनभित्र मासिक विवरण पठाउनु पर्ने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई महिना सकिएको ७ दिनभित्र मासिक विवरण पठाउन निर्देशन दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै यस्तो निर्देशन दिएको हो।
केन्द्रीय बैंकले माघ १३ मा नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ को विनियम ३३ मा भएको व्यवस्थाबमोजिम विवरणहरु महिना सकिएको १ हप्ताभित्र तोकिएको ढाँचा र समयमा उपलब्ध गराउन निर्देशन दिएको छ।
विप्रेषण कम्पनी आफैले वा सव एजेन्ट तथा रिप्रिजेन्टेटिभमार्फत गरेको इनवार्ड रेमिट्यान्सको भुक्तानीको विवरण, रेमिट्यान्स कम्पनीले कारबाही गरेको सव एजेन्ट तथा सव रिप्रिजेन्टेटिभहरुको विवरण, देशगत इनवार्ड रेमिट्यान्सको कारोबार विवरण र कम्पनीगत इनवार्ड रेमिट्यान्सको कारोबार विवरण अंग्रेजी महिना सकिएको सात दिनभित्र राष्ट्र बैंकको इमेलमा पठाउनुपर्नेछ ।
यस्तै, देशगत इनवार्ड रेमिट्यान्सको विवरण कारोबार भएको तिन दिनभित्र पठाउनुपर्नेछ। रेमिट्यान्स कम्पनीको सञ्चालकको विवरण भने आर्थिक वर्ष सकिएको १५ दिनभित्र पठाउनु पर्नेछ ।







डिसी नेपाल







Facebook Comment