विजय लघुवित्तको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टिकरण
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ विपरीत कार्य गरेको भन्दै नेप्सेले कम्पनीलाई स्पष्टिकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।
नेप्सेले कम्पनीलाई स्पष्टीकरण पेस गर्नको लागि ३ कार्यदिनको समय दिएको छ।
विजय लघुवित्तले माघ १० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०५२६ नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयको जानकारी संस्थाले माघ २५ गते साँझ ६ः३५ बजे नट्सको लगइनमार्फत नेप्सेमा जानकारी गराएको थियो।
नेप्सेले विनियमावलीविपरीत विजय लघुवित्तले धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशील सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराएको ठहर गरेको छ। नेप्सेले के–कति कारणले नेप्सेमा समयमै जानकारी नगराएको सम्बन्धमा कम्पनीसँग चित्तबुझ्दो स्पष्टीकरण माग गरेको छ।







डिसी नेपाल







Facebook Comment