१२.४३ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२६ माघ २०७९ १५:१६
104
Shares

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार बढेको छ। आज शेयर कारोबार मापक नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ बिन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.४२ अङ्कले बढेर ४१५ .४२ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ५६ लाख ४८ हजार २१२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपि पावर अग्रिम स्थानमा छ। यसको आज ५ करोड ८६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नबिल बैंक र न्याग्दी ग्रुप पावरको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये म्युचुअल फण्डबाहेक बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा बलेफी हाइड्रोपावर र विजय लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, नबिल ब्यालेन्स फण्ड र गुराँस लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.