राजनीतिक संयन्त्रको बैठकमा सहभागी भएनन् तीन दल
काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा तीन दल सहभागी भएनन् । बालुवाटारमा आज बसेको संयन्त्रको बैठकमा नागरिक उन्मुक्ति, जसपा र जनमत पार्टीले सहभागीता जनाएनन् ।
बालुवाटारमा बसेको संयन्त्रको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , संयन्त्रको संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने र उपप्रधानमन्त्री रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको सहभागीता रहेको थियो ।
बैठकमा सहभागी उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले हालसम्म गरेका कामको विषयमा छलफल गरिएको जानकारी दिए ।
सत्तारुढ सात दलीय गठबन्धनकाे एक घटक नागरिक उन्मुक्ति पार्टी पछिल्लो समय असन्तुष्ट रहेको बताइन्छ । बिहिबार नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिएपछि एमाले नेतृत्वको सरकार बहिर्गमन भइसकेको छ ।
यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत राजनीतिक संयन्त्रको बैठकमा सहभागी नहुनुलाई अर्थपूर्ण रपमा हेरिएको छ ।







डिसी नेपाल








Facebook Comment