‘हेल्दी पाँचखाल’ अभियानका लागि धुलिखेल अस्पतालसँग सम्झौता

डिसी नेपाल
२७ माघ २०७९ १३:४६
8
Shares

काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका र धुलिखेल अस्पतालबीच ‘हेल्दी पाँचखाल’ अभियानका विषयमा सम्झौता भएको छ ।

कोरानाभाइरस संक्रमण कालमा डाक्टरसहितको आइसोलेसन सञ्चालन गरेर १०० भन्दा बढी कोरोना विरामीको उपचार, निःशुल्क एम्बुलेन्स सेवा र औषधि उपचार गरेको पाँचखाल नगरपालिकाले ‘हेल्दी पाँचखाल’ अभियानलाई निरन्तरा दिन धुलिखेल अस्पतालसँग सम्झौता गरेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजुको उपस्थितिमा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा बलराम मल्ल र पाँचखालका नगर प्रमुख महेश खरेलले हस्ताक्षर गरेर सम्झौतापत्रमा आदानप्रदान गरेका हुन् ।

सम्झौताअनुसार पाँचखाल नगरभित्रका महिलाहरूमा देखिने पिसाब चुहिने समस्या निराकरण गर्नको लागि अप्रेसन विधिबाट उपचार गर्ने, बालुवामा रहेको धुलिखेल अस्पतालको ‘आउटरिच सेन्टर’ लाई अस्पतालको रुपमा स्तरोउन्नति गर्ने, नगरमा रहेको ‘अक्सिजन कन्सन्ट्रेसन बैंक’मा कन्सन्ट्रेसन थप्ने, दाँतको समस्या भएकालाई उपचारसहित दाँत राखिदिने तथा ‘स्याहार अर्गानिक उत्पादन’ मा सहयोग पुर्‍याउने ३०० रोपनी जग्गामा औषधि उत्पादन गर्ने विषयमा समेटिएको पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

पाँचखालवासीलाई निःशुल्क दन्त स्वास्थ्यको सेवा उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख गरिएको छ अस्पतालले स्थापना गरेको अक्सिजन कन्सन्ट्रेटर बैंकलाई ५० थान पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर नै अस्पताल निर्देशक डा. रमेशकुमार माकजूले हस्तान्तरण गरे । नगरपालिकाले विपन्न वर्गलाई यी अक्सिजन कन्सन्ट्रेटर निःशुल्क प्रयोगका लागि दिने र अन्य विरामीलाई अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था नहुन्जेलका लागि दिने व्यवस्था मिलाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.