सुदुरपश्चिमका मुख्यमन्त्री शाहले लिए सपथ

डिसी नेपाल
२७ माघ २०७९ १५:५५
148
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको शपथ लिएका हुन्। संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा हिजाे मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

गत २७ पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावल हिजो पदमुक्त भएका थिए । उन्मुक्ति पार्टीले विश्वासको मत नदिए पछि प्रदेश सभालाई सम्वोधन गर्दै राजिनामा मुख्यमन्त्री रावलले राजिनामा दिए पछि कांग्रेस संसदीय दलका नेता घिमिरेले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

मुख्यमन्त्री शाहले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने जनाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.