देशलाई अघि बढाउन वैकल्पिक राजनीतिक शक्ति आवश्यक छ : बाबुराम भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा विवेकशील साझा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले विगतको इतिहासबाट अनुभव बटुल्दै मुलुकलाई अघि बढाउनका लागि वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताएका हुन् । उनले नयाँ पार्टी तथा युवा पुस्तालाई इतिहास नकार्ने र धिकार्ने नभई पुराना पुस्ताबाट सिक्नुपर्ने जिकिर गरे । भट्टराईले सीमित जाति र परिवारले मात्र शासन गरेसम्म देश विकास पनि नहुने धारणा राखे । उनले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सही ढङ्गले प्रयोग गर्ने प्रणाली लागू गर्न सवै लाग्नुपर्ने बताऐ । लोकतन्त्रलाई जोगाएर यसका अपूर्णतालाई पूर्णता बनाएर छिटै मध्यम स्तरको समृद्ध मुलुकमा पुराउनुपर्ने उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले मुलुकमा भएको परिवर्तनकै कारण संसदमा प्रतिनिधित्व सुनिश्चित भएको बताए । उनले नेपालमा कानूनले काम गरेको भने जनताले देउता मानेका धेरै व्यक्तिहरु जेलमा हुने तर अहिले कानूनले नै आत्मसमर्पण गरेको तर्क गरे ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टी सचिवालय सदस्य घनश्याम भुसालले मुलुकको अर्थतन्त्र उद्यम नभएका पूँजीपतिहरूले नेतृत्व गरेका कारण देश गलत बाटोमा जाने खतरा रहेको बताए ।
त्यस्तै नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले समय र युवा पुस्ताअनुसार मुलुक परिवर्तन हुनुपर्ने धारणा राखे ।







डिसी नेपाल







Facebook Comment