सत्ता गठबन्धनभित्र कुनै समस्या छैन : जनार्दन शर्मा

डिसी नेपाल
२७ माघ २०७९ १८:३०
84
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपति निर्वाचित हुने बताएका छन् ।

शुक्रबार संघीय संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै शर्माले राजनीतिक व्यक्तिभन्दा बाहिरबाट राष्ट्रपति बनाउने भन्ने कुनै छलफल नभएको बताए । राजनीतिक व्यक्ति नै राष्ट्रपति बन्ने र गठबन्धनबाटै सहमति खोजिने उनको भनाइ छ । उनले अहिले सत्ता गठबन्धनभित्र कुनै समस्या नभएको दावी गरे ।

यता माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले भने भविष्यमा हुने दुर्घटना रोक्नका लागि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने सम्भावना बढि रहेको बताए । सामाजिक सेवामा काम गरेको, मुलुक प्रति प्रतिवद्ध हुनेलाई राष्ट्रपति बनाउनुपर्ने उनको भनाइ छ ।

सबै राजनीतिक दलहरु एकठाउमा आउनका लागि छलफल चलिरहेको उनको भनाई छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.