कांग्रेसको उम्मेद्वार राष्ट्रपति हुन्छः नेता बस्नेत

डिसी नेपाल
२७ माघ २०७९ १८:३८
48
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गरेका छन् ।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले सवै दलको सहयोगले नै राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेद्वारले जित्ने दावी गरेका हुन् । उनले अहिलेको शक्ति सन्तुलन मिलाउनका लागि पनि राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वारलाई सहयोग गर्नुपर्ने बताए । एमालेको राष्ट्रपति भए अब पनि रबर स्ट्याम्प मात्रै हुने उनले बताए ।

त्यस्तै एमाले नेता योगेश भट्टराईले संसदमार्फत राष्ट्रपतिले राखेका विषयहरुलाई सरकारले मार्गदर्शनका रुपमा लिनुपर्ने बताए । उनले मुलुकमा देखिएको आर्थिक लगाएतका सवै समस्यालाई समाधान गर्न एकतावद्ध भएर लाग्नुपर्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.