बिकेकशिलको महाधिवेसन आज सम्पन हुने

डिसी नेपाल
२८ माघ २०७९ ६:४७
44
Shares

काठमाडौं। बिवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा आज सम्पनन हुँदैछ। लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेसन आज सम्पन्न हुन लागेको हो।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन्। तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्।

नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ। महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरनेछ। महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.