राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा समावेश गर्ने विषयमा छलफल हुँदैछः सञ्चारमन्त्री शर्मा

डिसी नेपाल
२८ माघ २०७९ १९:५९
128
Shares

देउखुरी। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताले भोग्दै आएका समस्या समाधान गर्न सरकारले विशेष कार्यक्रम घोषणा गर्ने तयारी गरेको बताएकी छन्।

उनले आगामी वर्षको बजेटमा जनतालाई परिवर्तनको अनुभूति हुनेगरी विशेष प्राथमिकताका कार्यक्रम समावेश गर्नेगरी काम भइरहेको जानकारी दिइन्।

दाङको भालुवाङ्गमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति जुटाउनेतर्फ सरकारले ध्यान दिएकोसमेत बताइन्।

वर्तमान सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समावेश गर्ने विषयमा पनि छलफल अघि बढेको मन्त्री शर्माले जानकारी दिइन्।

मन्त्री शर्माले सूचना प्रविधिसँग जोडिएका नयाँ ऐन निर्माण र कार्यान्वयनमा सरकारले ध्यान दिइएको बताइन्। उनले पुराना ऐन कानुनबाट चल्नुपर्ने बाध्यता रहेकाले त्यस्ता ऐन तथा कानुन विस्थापन र नयाँ ऐन कानुन निर्माण गरेर अघि बढ्ने जिम्मेवारी रहेको बताइन्।

बदलिँदो समाज र सूचना प्रविधिले केही चुनौती थपेको बताउँदै उनले अनलाइन मिडियाको नियमन र व्यवस्थापनमा सरकारले ध्यान दिएको बताइन् । उनले प्रेस काउन्सिल जस्तै मिडिया काउन्सिलको आवश्यकता परेकोसमेत बताइन्। कार्यक्रम महासङ्घ प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षतामा भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.