राजनीतिक चलखेलका कारण कांग्रेस सरकारभन्दा बाहिर बस्न पर्‍योः प्रकाशशरण महत

डिसी नेपाल
२८ माघ २०७९ २१:३३
28
Shares

नुवाकोटं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशको विकास निर्माण कार्य अन्योलमा परेको बताएका छन्।

सातौँ नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै उनले आशा र भरोसाको साथ जनताले कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गरे पनि राजनीतिक चलखेलको कारण सरकार बाहिर बस्न बाध्य भएको बताए। उक्त अन्योलताबाट मुक्ति दिलाउन कांग्रेसले प्रयत्न गरिरहेको उनको भनाइ छ।

“देशको विकास निर्माण, सुशासनदेखि उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण अन्योलपूर्ण बनेको छ”, उनले भने, “देश विकासको लागि लोकतान्त्रिक मूल्य–मान्यता, कानुनी शासनको सुनिश्चितता हुन आवश्यक छ। त्यसको नेतृत्व कांग्रेसले गर्नेछ।”

जनता र देशको हित विपरित कार्य सरकारले गरेमा कांग्रेसले खबरदारी गर्ने उनको भनाइ छ। “कम्युनिष्ट पार्टी र उनीहरूले नेतृत्व गरेको सरकार प्रचारवाजी धेरै गर्ने र काम कम गर्ने प्रवृत्तिको छ। त्यस्ता प्रवृत्तिको हामी सधैँ खबरदारी गर्नेछौँ”, उनले भन।े

पर्यटकीय, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले नुवाकोट भरिपूर्ण रहेकोले त्यसको प्रवर्द्धनको लागि आफू र आफ्नो पार्टी प्रतिबद्ध रहेको उनले बताए। समयसमयमा आयोजना हुने मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुको साथै बजारको व्यवस्थापन गराउन विशेष भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।

‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन, दीगो आर्थिक विकासको लागि व्यावसायिक प्रवद्र्धन’ भन्ने नारामा शुक्रबारदेखि सुरु भएको सातौँ नुवाकोट महोत्सव फागुन १० सम्म सञ्चालन हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.