उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा जारी
काठमाडौं। उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राष्ट्रपति निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ दलबीच मतभेद बढ्दै गएको छ। पूर्व सहमति अनुसार आफ्नो उम्मेदवार राष्ट्रपति हुनुपर्ने एमालेले अडान राख्दै आएको छ भने राष्ट्रपतिमा साझा व्यक्तिलाई अघि सारेर राष्ट्रिय सहमति खोज्नुपर्ने माओवादीको अडान छ।
उता राप्रपाभित्र राष्ट्रपति निर्वाचनमा तटस्थ रहनु पर्ने आवाज उठ्दै गएको छ। आजको बैठक राष्ट्रपति निर्वाचनमा बढी केन्द्रित हुने बताइएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी छन्।







डिसी नेपाल








Facebook Comment