मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेका छन्ः प्रधानमन्त्री प्रचण्ड

डिसी नेपाल
२९ माघ २०७९ २०:११
64
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारको अधिकार गाँउगाउमा पुराउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको बताएका हुन्।

उनले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरु अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रीत भएको धारणा राखे। संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उनले बताए।

उनले बाँकी कानून निर्माण, अन्य विधिगत सुधार र समन्वयात्मक प्रयासहरुमार्फत प्रदेश र स्थानीय तहलाई सबलीकरण गर्न सरकार लागि पर्ने धारणा राखे। प्रधानमन्त्री प्रचण्डले आर्थिक क्षेत्रको सुधारलाई उच्च प्राथमिकतामा मात्रै नभई लाइफ एण्ड डेथको सवाल ठानेको बताए।

पछिल्लो दुई महिनायता अर्थतन्त्रमा सकारात्मक सुधार संकेत देखिएपनि स्थायी प्रकृतिको भने नरहेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपले समृद्धिको ट्रयाकमा लैजाने सम्भावना रहेकाले सहि नीतिका साथ अघि बढाउनुपर्ने बताए। कार्यक्रममा ’सेजन अवार्ड’ बाट ६ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.