राष्ट्र बैंकको निर्देशन पछि बैंकका सेवा सुचारु नै रहने
काठमाडौं। पुष्पकमद दाहाल प्रचण्ड नेतृत्वको सरकारले अकास्मात १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने भन्दै सार्बजनिक बिदा दिए पनि बैंकहरुका अत्याबश्यक सेवा भने सुचारु हुने भएका छन्।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी मुलकभरका बैंकहरुलाइ अत्याबश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्रहीहरुको हितमा ध्यानमा राखी बिहान ११ बजे देखि अपरान्ह ३ बजेसम्म बैंक सञ्चालन गर्न निर्देशनसमेत दिएपछि सेवा अबरूद्द नहुने भएकाे हाे।
‘नगद कारोबार, चेक क्लियरिङ, अारटिजिएसलगायत बैंकिङ सेवा प्रदान गर्न बिहान ११ बजे देखि अपरान्ह १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवाश्यक बिभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने ब्यबस्था मिलाउन हुन यो सुचना जारी गरिएको छ,’ राष्ट्र बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।








डिसी नेपाल








Facebook Comment