आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ७० पैसा र बिक्रीदर १३२ रूपैयाँ ३० पैसामा कारोबार भइरहेको छ।
युरोपियन युरो आज एकको खरिद मूल्य १४० रूपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रूपैयाँ २६ पैसा, बेलायती पाउण्डको खरिददर १५८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १५९ रूपैयाँ ५५ पैसा तोकिएको छ।
यस्तै,अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रूपैयाँ १० पैसा र बिक्रीदर ९१ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ।
कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ०९ पैसा र बिक्रीदर ३५ रूपैयाँ २५ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीदर भने ३६ रूपैयाँ ०२ पैसा छ।
मलेसियन रिंगिट एकको खरिदमा ३० रूपैयाँ ४० पैसा र बिक्रिदर भने मा ३० रूपैयाँ ५४ पैसा छ। यस्तै, कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६७ पैसा र बिक्रीदर भने ४३२ रूपैयाँ ६४ पैसा छ। यसैगरी, बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा तोकिएको छ ।







डिसी नेपाल








Facebook Comment