भारतको लोकसभामा सांसदको नेपालीमा प्रश्न-नेपाली बोल्ने म को हुँ, दार्जिलिङका डेढ करोड गोर्खा को हुन् ?

डिसी नेपाल
१ फागुन २०७९ १२:५७
200
Shares

काठमाडौं । भारतको सर्वोच्च अदालतले एक फैसलामा सिक्किमका नेपाली भाषीलाई नागरिकहरूलाई ‘विदेशी’ भनेर गरेको टिप्पणीप्रती भारतका नेपालीभाषीहरूको विरोध कायमै छ।

सर्वोच्च अदालतले गरेको टिप्पणीलाई लिएर आन्दोलन सुरु भएपछि यस विषयमा अदालतमा अरोको पुनरावलोकन याचिका दायर गरिएको थियो र यसमार्फत अदालतको टिप्पणी सुधार गरिएको छ ।

यही बीचमा भारतको लोकसभाका एक सांसदले भारतमा बस्ने डेढ करोड नेपालीभाषी भारतीयमाथिको विभेदबारे संसदमा आवाज उठाएका छन् । दार्जिलिङका सांसद राजु बिष्टले लोकसभामा नेपाली भाषामै सम्बोधन गर्दै यस्तो आवाज उठाएका हुन्।

भारतको लोकसभामा सत्तारुढ भारतीय जनता पार्टीबाट निर्वाचित दार्जिलिङका सांसद राजु विष्टले सर्वोच्च अदालतको फैसला पुनर्विचार भए पनि भारत देशमा बस्ने डेढ करोड गोर्खा (नेपाली भाषी)माथिको अपमान भने लामो समयदेखि चलिरहेको टिप्पणी गरेका छन्।

उनले यो अपमान धेरै पहिलेदेखि हुँदै आएको बताउँदै यसलाई सुधार गर्नुपर्ने माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.