भारतसँग विकास सहायता र कनेक्टिविटीको विषयमा कुरा गरेका छौँः मन्त्री राई
काठमाडौं। परराष्ट्र मन्त्री विमला राई पौडेलले पछिल्लो समय नेपालले भारतसँग विकास साझेदारीका विषयमा कुराकानी गरेको जानकारी दिएकी छन्।
नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग सोमबार भएको भेटपछि मन्त्री राईले विशेषगरी भारतसँग विकास सहायता र कनेक्टिविटीमा जोड दिएको जानकारी दिइन्।
कनेक्टिविटीअन्तर्गत हवाइ यात्राका विषयमा दुई पक्षीय कुराकानी भइरहेको जानकारी दिएकी उनले रुट खोज्नेदेखि हवाइ यात्रामा देखिएका समस्या समाधानका विषयमा पनि छलफल भएको बताइन्।
दुई पक्षीय सम्बन्ध बलियो बनाउँदै विकासको क्षेत्रमा जोड दिनेगरी छलफल भएको जानकारी दिएकी उनले विशेषगरी जलवायु परिवर्तनले दुवै देशलाई असर गरेकाले एउटै धारणा बनाएर अघि बढ्नुपर्नेमा आफूले जोड दिएको बताइन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment