फागुन १० गतेसम्ममा वर्तमान सत्ता गठबन्धन भत्काउँछौंः गगन थापा

डिसी नेपाल
१ फागुन २०७९ १८:१०
480
Shares

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुनको १० गतेसम्म वर्तमान सत्ता गठबन्धन भत्किने बताएका छन्।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर १ ले सोमबार तिलोत्तमामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताएका हुन्।

उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैराश्यता छाएको उल्लेख गरे।

चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाइै नभएपनि व्यवहारमा उच्च राजनैतिक सस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ।

उनले नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरेका छन्। उनले सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गरे।
रे।र्नुभयो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.