आजको बिनियम दरः अमेरिकी डलरसँगै युरो पनि उकालोमा
काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारको विनिमय दर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरमा ३६ पैसाले वृद्धि भएको छ। अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। सोमबार अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसामा कारोबार भएको थियो।
मंगलबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ६९ पैसा तोकेको छ। सोमबार युरो एकको खरिदमा भने १४० रूपैयाँ ६२ पैसा र बिक्रीमा १४१ रूपैयाँ २६ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४३ पैसाले उकालो लागेको हो।
यस्तै, मंगलबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १५९ रूपैयाँ ७१ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३९ पैसा र बिक्रीमा ९१ रूपैयाँ ८१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ८० पैसा र बिक्रीमा ९९ रूपैयाँ २४ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २ पैसा र बिक्रीमा ३६ रूपैयाँ १८ पैसा छ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १९ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३५ पैसा तोकेको छ भने युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा तोकिएछ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार ३० रूपैयाँ २७ पैसा र बिक्रीमा ३० रूपैयाँ ४१ पैसा पाइन्छ।
उता, कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ २४ पैसा र बिक्रीमा ४३३ रूपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३० पैसा र बिक्रीदर ३५१ रूपैयाँ ८९ पैसा तोकिएको छ।







डिसी नेपाल







Facebook Comment