हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि

डिसी नेपाल
२ फागुन २०७९ १६:०९
64
Shares

काठमाडौं। हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार १२ फागुनदेखि सुरू हुने भएको छ।

दुवै बैंक मर्जर प्रक्रियामा गएपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरू हुने लागेको हो। दुवै बैंकको पुस २८ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेका थिए।

हिमालयनले सिभिललाई १००ः८०.२८ अनुपातमा प्राप्ति गरेको हो। हिमालयन बैंकको सेयरधनीको सेयर संख्यामा कुनै परिवर्तन हुने छैन भने सिभिल बैंकको सेयर कित्ता घट्नेछ।

जसअनुसार हिमालयन बैंकको १०० कित्ता बराबर सिभिल बैंकको ८०.२८ कित्ता हुने अनुपातमा मर्जर भएको हो।

डाटा माइग्रेशन प्रक्रियाको लागि हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालीन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरू बन्द रहनेछन्। यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.